लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । लुम्बिनी विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
सोमबार बैंकको ९ लाख ८५ हजार २८७ दशमलव ७५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले ३ प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
अब सो बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।