दुई कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ? « Arthapath.com
१५ चैत्र २०७९, बुधबार

दुई कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?



काठमाडौं । बुधवार सेयर बजारमा झिनो सुधार आएको छ । साताको चौंथो कारोबार दिन बजार १.०२ अंकले मात्रै बढेको हो ।

सो दिन बजार परिसुचक १९१९.४२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ । बुधवार ८१ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको २५ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ ।

सो दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज सुपर माइ हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ४७ रुपैइाँ ३० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ५२० रुपैयाँ ४० पैसा कायम भएको छ ।

यस्तै, सो दिन कालिञ्नचोक दर्शनको सेयर मूल्य पनि ९.९९ प्रीतशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँ ६० पैसाले वृद्धि भई १८२ रुपैयाँ ७० पैसा कायम भएको छ । आज यी कम्पनीहरुसहित धौलागिरी लघुवित्त, स्वाबलम्वन लघुवित्त लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्