नेप्सेमा भुगोल इनर्जिको आइपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

नेप्सेमा भुगोल इनर्जिको आइपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बुधबार भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुमा वितरण गरि वैदेशिक राजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरुलाई पनि १६ लाख ३२ हजार १६० कित्ता र कम्पनीको संस्थापक सेयरधनीहरुले लगानी गरेको ३८ लाख ८ हजार ३७४ कित्ता आइपीओ नेप्सेमा सूचीकृत गरेको छ ।

आइपीओ ओपन रेञ्ज न्यूनतम ६७.६३ रुपैयाँदेखि २०२.८९ रुपैयाँ रहेको छ । साथै, कम्पनीको सिम्बोल बिईडिसि रहेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा भोली जेठ २५ गतेबाट द्रोसा्रे बजारमा कारोबारमा आउनेछ । कम्पनीले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्