एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र परिपक्व भएसँगै सूचीकरण खारेज « Arthapath.com
२८ जेष्ठ २०८०, आईतवार

एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र परिपक्व भएसँगै सूचीकरण खारेज



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र परिपक्व भएसँगै सूचीकरण खारेज गरेको छ ।

नेप्सेले जेठ २८ गते बैंकको उक्त ऋणपत्र खारेज गरेको जनाएको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ मूल्यमा ४ लाख ६८ हजार ८४५ कित्ता ऋणपत्र जारी गरेको थियो ।

जेठ २८ गतेदेखि परिपक्व भएको उक्त रकम भुक्तानीका लागि बैंक खाताको विवरण उपलब्ध गराइदिन बैंकले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्