सिटिजन्स, सन नेपाल र रिलायबल नेपाल लाइफको आइपीओमा हालसम्म कति पर्यो आवेदन ? « Arthapath.com
५ श्रावण २०८०, शुक्रबार

सिटिजन्स, सन नेपाल र रिलायबल नेपाल लाइफको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?



काठमाडौं । हाल तीन बीमा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेका छन् । सिटिजन्स लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफले बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि आइपीओ निष्कासन गरेका हुन् ।

सिटिजन्स लाइफ इन्स्योरेन्स

कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा २८ करोड ९८ लाख ९१ हजार ५२० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन ४ गते साँझ ५ः०३ बजेसम्म १६ हजार ९४२ जनाले ११ लाख ८८ हजार ८० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आज अर्थात असार ३१ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी अनुमति पाएको थियो । जसमा १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आइपीओ जारी गरेको हो ।

आइपीओमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने जनाएको छ । आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स
कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा २३ करोड ५ लाख २२ हजार ६७० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अर्थात साउन ५ गते साँझ ५ः०३ बजेसम्म १५ हजार ९९ जनाले ९ लाख ६४ हजार ५३० कित्ताका लागि आवेदन दिइएका हुन् ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ९६ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न अनुमति पाएको हो । जसमा प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो ।

आइपीओमा अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो । आइपीओमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आइपीओ सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चोन्ट बैंकिङ रहेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा ३८ करोड ४८ लाख ११ हजार २४० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन ५ गते साँझ ५ः०३ बजेसम्म २० हजार ७७० जनाले १४ लाख ९७ हजार ३२० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले पहिलो चरणमा असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको छ । प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा साउन १० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्