आजदेखि अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर निष्कासन, कसले दिन पाउँछन् आवेदन ? « Arthapath.com
१७ फाल्गुन २०८०, बिहीबार

आजदेखि अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर निष्कासन, कसले दिन पाउँछन् आवेदन ?



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला भएको छ ।

कम्पनीले आज अर्थात् फागुन १७ गते बिहीबारदेखि १:१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले १०० अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । कम्पनीको हकप्रद सेयरमा गत माघ १४ गतेसम्म कायम सेयरधनीहरुले दावी गर्न पाउनेछन् ।

कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि माघ १५ गते बुक क्लोज गरिसेको छ । आवेदन चैत ७ गतेसम्म दिन सकिनेछ ।कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्