दोहोरो अंकले घट्यो सेयर बजार, २ हजार बिन्दु तल ओर्लियो परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार घटेको छ । बिहीबार बजार २८.६८ अंकले घटेको हो ।
बजार परिसूचक २ हजार बिन्दु तल ओर्लिएको छ । उक्त दिन बजार परिसूचक १९७२ दशमलव ०९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबैभ समूहरु राताम्मे बनेका छन् ।
आज कारोबार रकममा भने केही सुधार देखिएको छ । आज २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर किनबेच भएको छ ।
आज पनि दुई कम्पनीको उच्च सेयर कारोबार भएको छ । उक्त दिन सोनापुर मिनिरल्स् एण्ड आयलको सर्वाधिक ११ करोड १३ लाख १० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, दोस्रो सूचीमा रहेको १० कारेड १४ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।