सेबोनको अध्यक्ष बन्न ५ जनाको नाम ‘शर्टलिस्ट’मा, कसको पृष्ठभूमि के हो ? « Arthapath.com
२५ चैत्र २०८०, आईतवार

सेबोनको अध्यक्ष बन्न ५ जनाको नाम ‘शर्टलिस्ट’मा, कसको पृष्ठभूमि के हो ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डको भावि अध्यक्षका लागि पाँच जनाको नाम ‘शर्ट लिस्ट’मा परेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले ५ जना उमेदवार छनोट गर्ने निर्णय गरेको हो ।

उक्त पदका लागि खुलाइएको विज्ञापनमा १९ जनाले आवेदन दिएकामा ५ जनाको नाम शर्ट लिस्टमा परेको हो । अब यसबाट छनोट समितिले परीक्षा लिएर ३ जनाको नाम मन्त्री परिषदमा सिफारिस गर्ने छ । ती तीनजनामध्ये एक जनालाई मन्त्री परिषदले अध्यक्ष नियुक्त गर्ने छ ।

अर्थ मन्त्रालयका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम ‘शर्टलिस्ट’मा परेको छ ।

यिनीहरुमध्ये अधिकारी र मुक्ति श्रेष्ठ धितोपत्र बोर्ड (सेबोन)कै कर्मचारी हुन् । सेबोनका चार कार्यकारी निर्देशकमध्ये २ उनीहरु नै हुन् । कृष्ण कार्की अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । उनको कार्यकाल अझै २ वर्ष बाँकी नै छ ।

यसबाहेक अरु २ जनामध्ये चापागाईँ यसअघि नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति)का अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक पनि हुन् ।

अर्का पात्र सन्तोषनारायण श्रेष्ठ भने तुलनात्मक रुपमा कम ‘चिनिएका’ व्यक्ति हुन् । अर्थमन्त्रालयका अधिकारीहरुका अनुसार उनी बुटवलस्थित स्वाभिमान लघुवित्त वित्तीय संस्थाका पूर्वअध्यक्ष हुन् ।


प्रतिक्रिया दिनुहोस्