एक कम्पनीको साढे २४ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
९ बैशाख २०८१, आईतवार

एक कम्पनीको साढे २४ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार कम्पनीको २४ लाख ४५ हजार ३५७ दशमलव ९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आफ्ना सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्