सेयर बजारमा सामान्य करेक्शन, डेढ महिना यताकै कम कारोबार
काठमाडौं । सेयर बजारको ओरालो यात्रामा ब्रेक लागेको छ । बुधवार बजारमा ५ अंकको बढोत्तरी देखिएको हो ।
लगातर दुई दिन घटेको बजार आज भने ५.१० अंकले बढेको छ ।
उक्त दिन बैंक समूह १०.१८ अंक, जीवन बीमा समूह ८.२५, माइक्रोफाइनान्स ७.९५, म्युचुअल फन्ड ०.०३ र अन्य शीर्षक समूह भने ८.१३ अंकले घटेको छ । यी बाहेकका अरु समूह भने वृद्धि भएको छ ।
बजारमा सामान्य करेक्शन देखिएता पनि कारोबार रकम पनि सुस्ताएको छ । आज ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार साढे ५ अर्ब हाराहारीमा कारोबार भएको थियो ।