सेयर बजारको उकालो यात्रामा ब्रेक, बजारसँगै घट्यो कारोबार रकम

काठमाडौं । लगातर चार कारोबार दिन बढेको सेयर बजार आज भने घटेको छ । बजारको उकालो यात्रामा मंगलबार ब्रेक लागेको छ ।
साताको दोस्रो कारोबार दिन बजार १५.५७ अंक घटेको छ । आज बजार परिसूचक २ हजार ६७७.५५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन व्यापार समूह ४.२९ प्रतिशत अर्थात् १८४.५६ अंक वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु भने राताम्य बनेका छन् ।

आज कुल ४२ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ भने २०१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब ७९ करोड ७७ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।