कति पाउला त कालिञ्चोक दर्शनको आईपीओले पहिलो कारोबारका लागि ओपन रेञ्ज ? « Arthapath.com
२१ माघ २०७९, शनिबार

कति पाउला त कालिञ्चोक दर्शनको आईपीओले पहिलो कारोबारका लागि ओपन रेञ्ज ?



काठमाडौं । गत बिहीबार कालिञ्चोक दर्शन कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भईसकेको छ । कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिने ८९ हजार ६ सय ४० जनाले १० कित्ताका सेयर हात पारेका छन् ।

कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट वितरण गरिएको थियो । कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीको आईपीओमा कुल १४ लाख ७३ हजार ९ सय ६९ जना आवेदकबाट १ करोड ६६ लाख ७० हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ८ हजार २ सय ६ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीको आईपीओ बाँडफाँट पछि अब सूचीकरणको प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ७८ रुपैयाँ १५ पैसादेखि २३४ रुपैयाँसम्म ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको २०७७/७८ को वास्तविक प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ १५ पैसा छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले कुनै पनि कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीको आईपीओले ७८ रुपैयाँ १५ पैसादेखि २३४ रुपैयाँसम्म ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यो मध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

जसमध्ये ५४ हजार कित्ता सामुहिक लगानी कोष र २१ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।


प्रतिक्रिया दिनुहोस्