सर्वोत्तम स्टिलले आईपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल « Arthapath.com
२६ फाल्गुन २०७९, शुक्रबार

सर्वोत्तम स्टिलले आईपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल



काठमाडौं । सर्वोत्तम स्टिल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा जारी पूँजी मध्ये १२.६६३ प्रतिशत सेयर निष्काशन गर्ने लागेको हो ।

कम्पनीले आईपिओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा सर्वोत्तम स्टिल लिमिटेडलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

सौरभ गु्रप द्धारा संचालित सर्वोत्तम स्टिल लिमिटेडले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आएको छ । .


प्रतिक्रिया दिनुहोस्