आइपीओ निष्कासन गर्दै यूनिक हाईडेल
काठमाडौं । यूनिक हाईडेल कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।
आइपीओ निष्कासन गर्न कम्पनीले आगामी माघ ९ गते साधारण सभा बोलाएको छ । सभा रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा आइपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव छ । यस्तै, सभाले गत आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरि पारित गर्नेा छ ।
सोही सभाले चालु आर्थिक वर्ष लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।













