शेयरधनीको मनोबल उच्च बनाउन बोनस शेयर दिएको हो: अध्यक्ष अर्याल « Arthapath.com
२४ चैत्र २०७८, बिहीबार

शेयरधनीको मनोबल उच्च बनाउन बोनस शेयर दिएको हो: अध्यक्ष अर्याल



काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार काठमाडौंमा १४ औं वार्षिक साधारण सभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा.बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताएका हुन् ।

कोरोना महामारीका कारण कम्पनीको राजस्वमा भने केही कमी आएको पनि बताए । अध्यक्ष अर्यालले अन्तराष्ट्रिय तथा अन्तरदेशीय आबद्धता सेवाबाट ५ अर्ब ८० करोड, वायरलेस सेवाबाट ३ अर्व ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा ४२ अर्व २१ करोड र ७ अर्व १३ करोड कायम गर्न कम्पनी सफल भएको बताए ।

टेलिकमले शेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर उपलब्ध पनि गराउने उनले जानकारी गराए । शेयरधनीहरूको मनोबललाई उच्च बनाउन बोनस शेयर वापत २० प्रतिशत उपलब्ध गराउन लागिएको अध्यक्ष अर्यालले बताए ।

कम्पनीको सञ्चालक समितिको फागुन ३० गते बसेको बैठकले १४ औं वार्षिक साधारण सभा चैत २४ गते बिहिबार त्रिभुवन आर्मि अफिसर्स क्लब काठमांडौमा बोलाएको थियो ।


प्रतिक्रिया दिनुहोस्