सोल्टी होटलले २६.८४ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?
काठमाडौं । सोल्टी होटलले लाभांश घोषणा गरेको छ । यो वर्ष होटलले आफ्ना सेयरधनीलाई ३६.८४२१ प्रतिशत लाभांश दिने भएको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनसहित २६.८४२१ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त लाभांश पारित गर्न होटलले कम्पनीले साधारण सभाका लागि पनि मिति तय गरेको छ । होटलको ५०औं सभा आगामी पुस ४ गते नेपाल प्रज्ञा भवन कमलादीमा हुनेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनका होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।