सरकारले भन्योः ‘असार २५ सम्म कर तिर्नू’ « Arthapath.com
२ असार २०७८, बुधबार

सरकारले भन्योः ‘असार २५ सम्म कर तिर्नू’



काठमाडौं । आन्तरिक राजश्व विभागले आगामी असार २५ गतेसम्म बाँकी कर तिरिसक्न करदातालाई आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गर्दै कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गरेको बताएको छ । सर्वोच्च अदालतले बन्दाबन्दी सकिएको एक सातासम्म कर लिन नपाउने यसअघिको अन्तरिम आदेश खारेज गरेसँगै सरकारले कर उठाउने सूचना गरेको हो ।

अब निषेधाज्ञा अवधिको कर तथा अन्य राजश्व असार २५ भित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ । गत चैत र वैशाख महिनाको रोकिएको राजश्व र कर विवरण असार बुझाउन म्याद थपिएको विभागले बताएको छ । यस अवधिमा असार महिनाका कर विवरण र राजश्व त यत्तिकै पनि तिर्नुपर्ने हुन्छ । यसरी अबको तीन साताभित्र तीन महिनाको कर विवरण र राजश्व तिर्नुपर्ने भएको छ ।

विभागले गएको चैतदेखि हालसम्मको मूल्य अभिबृद्धि कर (भ्याट), आयकर र अन्तःशुल्क बुझाउन भनेको छ । त्यस्तै, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार सेवा दस्तुरजस्ता शुल्कहरु पनि २५ असारभित्रै बुझाउन भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्