मैलुङ्ग खोला जलविद्युतले बोलायो साधारण सभा, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? « Arthapath.com
८ चैत्र २०८०, बिहीबार

मैलुङ्ग खोला जलविद्युतले बोलायो साधारण सभा, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?



काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनीले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आगामी चैत २९ गते साधारण सभा बोलाएको हो । समाभा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २.२२११ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्