वित्तीय खर्चसँगै घट्यो नेशनल हाइड्रोपावरको नोक्सानी, झन्डै तीन करोडको बिजुली बेच्यो « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

वित्तीय खर्चसँगै घट्यो नेशनल हाइड्रोपावरको नोक्सानी, झन्डै तीन करोडको बिजुली बेच्यो



काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको नोक्सानी घटेको छ । कम्पनीको वित्तीय खर्चमा कमी आएसँगै नोक्सानी आधा घटेको छ ।

कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले १ करोड १४ लाख ९७ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४९.७९ प्रतिशत कमी हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले २ करोड २९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

विशेषगरि कम्पनीको वित्तीय खर्च घटेसँगै नोक्सानीमा सुधार देखिएको हो । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीको यस्तो खर्च १ करोड १२ लाख ९१ हजार रुपैयाँ रहेको थियो । तर, यो वर्षको सोही अवधिमा आइपुग्दा भने घटेर ७२ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।

तर, विद्युत बिक्री आम्दानीमा भने केही गिरावट आएको छ । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले २ करोड ९१ लाख ४१ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो । तर, यो वर्षको सोही अवधिमा पनि कम्पनीको यस्तो आम्दानी २ करोड ९१ लाख ६३ हजार रुपैयाँ कायम भएको छ ।

नेशनल हाइड्रोको चुक्ता पुँजी २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने १ करोड ५० लाख ७७ हजार रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.३७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३३ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्