अपर स्याङ्गे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी शतप्रतिशत बढ्यो, नोक्सानीमा व्यापाक सुधार « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

अपर स्याङ्गे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी शतप्रतिशत बढ्यो, नोक्सानीमा व्यापाक सुधार



काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले नोक्सानी ह्वात्तै घटाएको छ । गत वर्षको तेस्रो त्रैमासमा झन्डै ४ करोड नोक्सानीमा रहेको कम्पनी यो वर्षको सोही अवधिमा भने ३४ लाख रुपैयाँ मात्रै घाटामा छ।

कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले ३४ लाख १७ हजार रुपैयाँ मात्रै नोक्सानी व्यहोरेको छ । तर, गत आवको तेस्रो त्रैमासमा कम्पनी ३ करोड ९२ लाख ६५ हजार रुपैयाँ घाटामा थियो ।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानीमा व्यापाक सुधार आएको हो । समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी शतप्रतिशत वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्ममा कम्पनीले कुल २ करोड ३४ लाख १९ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो । तर, यो वर्षको सोही अवधिमा आइपुग्दा भने ११६.०९ प्रतिशत बढेर ५ करोड ६ लाख ७ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको अन्य आम्दानी पनि बढेर १ करोड १७ लाख रुपैयाँ पुगेको छ । तर, वित्तीय खर्च भने गत वर्षको तुलनामा केही बढेर ४ करोड ९ लाख १४ हजार रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २२ करोड रुपैयाँ छ । तर, कम्पनीको जगेडा तथा कोष भने ७ करोड ७५ लाख ८९ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ ६४ रुपैयाँ ७३ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्