७ श्रावण २०८३, बिहिबार

बुधबार थप ५११ जनामा कोरोना संक्रमण पुष्टीे, ७ जनाको ज्यान गयो



काठमाडौँ । बुधबार थप ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।यो संगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ जना पुगेको हो ।


त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमितको ज्यान गएको छ । थप ७ जनाको ज्यान गएसंगै हालसम्म कोेरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या एक हजार ८ सय ४७ जना पुगेको छ ।


यसैगरी गत २४ घण्टामा ६०० जना संक्रमित निको भएका छन। योसँगै हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५१ हजार ९सय १२ पुगेको छ ।हाल नेपालमा ६ हजार ३०० जना सक्रिय रहेको मन्त्रालयले जनाएको छ


प्रतिक्रिया दिनुहोस्