७ श्रावण २०८३, बिहिबार

त्रिशूली जलविद्युतको साधारण सभा पुस २६ गते, के के छन् एजेण्डा



काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले ११औं वार्षिक साधारण सभा पुस २६ गतेका लागि बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट भाटभटेनीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै, सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ‘घ’ मा व्यवस्था भएबमोजिम जारी पूँजी २ अर्ब ४७ करोड मध्येबाट समूह ‘ख’ मा रहने सर्वसाधारण समूहको लागि छुट्याइएको शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्