घलेम्दी हाईड्रोले हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत अर्थात् १ः२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने लागेको हो ।
कम्पनीको पुष ४ गते बसेको संचालक समितिको बैठकले सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवर्द्धिधत संखुवासभास्थित छुजुङ्ग खोला जलविद्युत् आयोजनामा कम्तीमा ५१ प्रतिशत शेयरमा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।
हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले विद्युत् नियमन आयोगको स्वीकृति पाउनु पर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रहेको छ । २ सय प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात पूँजी १ अर्ब ६५ करोड पुग्नेछ ।













