७ श्रावण २०८३, बिहिबार

इस्टर्न हाइड्रोपावरको साधारण सभा पुष ३० गते, के के छन् एजेण्डा ?



काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा पुष ३० गतेका लागि बोलाएको छ । सभा होटेल हार्दिक, बागबजार, काठमाडौंमा बिहान ८ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै लाभांश सम्बन्धी प्रस्ताव गरेको छैन् । सभामा आर्थिक वर्ष २०७८।०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९।०८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव समेत समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।

सभा प्रयोजनका लागि यस कम्पनीले पुष २० गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ पुष १९ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्