गुहेश्वरी मर्चेन्टको लाभांश संशोधन
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले लाभांश संशोधन गरेको छ । कम्पनीको लाभांश संशोधन गर्दे बोनस शेयर घटाएको हो ।
कम्पनीले लाभांश संशोधन गर्दै गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट अब सेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसअघि कम्पनीले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
नेपाल राष्ट्र बैंकले नियमनकारी कोषमा समायोजन गरी पुनः वित्तीय विवरण पेश गर्न निर्देशन दिएपछि उक्त लाभांश संशोधन गरिएको हो। अब संशोधित लाभांश अनुमोदनका लागि पुनः नेपाल राष्ट्र बैंकमा पेश हुनेछ ।
नियामकको अनुमोदनपछि साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई लाभांश वितरण हुने कम्पनीले जानकारी गराएको छ ।














