७ श्रावण २०८३, बिहिबार

एनआरएन इन्फ्रास्ट्रक्चरको साधारण सभा आज बस्दैं, यस्ता छन् एजेण्डा



काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १० औं वार्षिक साधारण सभा आज (पुष २० गते) बस्दैछ । सभा आन्धपाली ब्यान्क्वेट, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

सभामा उपस्थित हुन नसक्नेलाई भर्चुअल माध्यमबाट पनि सहभागि हुने व्यवस्था गरेको समेत रहेको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ५।२६ प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि० वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

कम्पनीले लाभांश प्रयोजनका लागि पुष ४ गते बुक क्लोज गरेको हुदाँ पुष ३ गते सम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्