७ श्रावण २०८३, बिहिबार

मन्दाकिनी हाइड्रोपावरको लाभांश छुट्ला है ! सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुष २० गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुष २१ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ पुष २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आफ्नो ९औं वार्षिक साधारण सभा पुष ३० गतेका लागि बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट, बत्तीसपुतलीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

साथै सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गुर्नका साथै चालु आर्थिक वर्ष २०७९।०८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्