७ श्रावण २०८३, बिहिबार

हिमालय उर्जाको साधारण सभा स्थगित



काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको पुष २९ गते हुने भनिएको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको पुष २० गते बसेको संचालक समितिको बैठकले सभा विशेष कारणले स्थगित गरेको हो । अब साधारण कहिले बस्ने भन्ने कुराको निर्णय भने गरेको छैन ।

यस अघि सभा अर्पण बैंंक्वेट थापागाँउ नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको थियो ।

सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव गरेको थियो । साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुष १८ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्