७ श्रावण २०८३, बिहिबार

लाभांश पारितका लागि दुई कम्पनीको साधारण सभा भोलि बस्दैं



काठमाडौं । शुक्रबार दुई कम्पनीको साधारण सभा हुँदैछ । लाभांश पारितको मुख्य एजेण्डासहित चिलिमे जलविद्युत कम्पनी र बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीले भोलि सभा बोलाएको हुन् ।

चिलिमे जलविद्युत कम्पनीले २६औं वार्षिक साधारण सभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा उक्त दिन बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष ३ गते बुक क्लोज गरेको हुदाँ मङ्सिर २९ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन पाउनेछन् ।

बिन्ध्यबासिनी हाइड्रोपावर लिमिटेडले छैटौं वार्षिक साधारण सभा कम्पनीको कार्यालय परिसर नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे गर्ने जानकारी दिएको छ ।

सभाले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र ०.०२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष १३ गते बुक क्लोज गरेको हुदाँ पुष १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।


प्रतिक्रिया दिनुहोस्