सयपत्री हाइड्रोपावरको साधारण सभा शनिबार, सेयरधनीहरुको हात रित्तो
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले छैटौं वार्षिक साधारणसभा शनिबार (पुष २३ गते) बस्दैं छ । सभा सूर्य क्याटरिङ्ग एण्ड पार्टी प्यालेस, धुम्बाराही, काठमाडौंमा बिहान ८ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट २ जना संचालक निर्वाचित गर्ने प्रस्ताव पनि छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुष ११ गते एक दिन बुक क्लोज गरेको पुष ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।













