७ श्रावण २०८३, बिहिबार

आँखुखोला जलविद्युतको निमित्त सीइओको जिम्मेवारीमा प्रतिक्षा शर्मा



काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी प्रतिक्षा शर्मालाई दिईएको छ ।

कम्पनीका हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत उत्सव बरालको करार बमोजिमको कार्यलय पुष मसान्तमा सकिने भएकाले अर्का ब्यवस्था नभएसम्मका लागि शर्मालाई निमित्त सीइओको जिम्मेवारी दिएको हो ।

कम्पनीको पुष २२ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्