७ श्रावण २०८३, बिहिबार

तपाईको खातामा आयो १०.५३ प्रतिशत लाभांश ? छैन् भने यसो गर्नुहोस्



काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले शेयरधनीको खातामा बोनस शेयर जम्मा गरेको छ । मंसिर २६ गतेसम्म कायम शेयरधनीको खातामा कम्पनीले १०.५३ प्रतिशत नगद लाभांश शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट कर समेत उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव पुस ८ गते सम्पन्न नवौं वार्षिक साधारण सभामार्फत पारित गरेको थियो ।

कम्पनीले हालसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका सदस्यहरूलाई नगद लाभांश वितरण गरेको हो । हालसम्म बैंक खाता अद्यावधिक नगरेका सदस्यहरूको नगद लाभांश बैंक खाता अद्यावधिक पछि मात्र नगद लाभांश जम्मा गरिने भएकाले यथासिघ्र गराउँन समेत कम्पनीले अनुरोध गरेको छ ।

बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म अर्थात मंसिर २६ गतेसम्म धितो राखेका शेयरधनीहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संइस्थाको स्वीकृति पत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।


प्रतिक्रिया दिनुहोस्