रिडी पावरको ४२.१० प्रतिशत लाभांश स्वीकृत, साधारण सभा कहिले ?
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडलको लाभांश स्वीकृत भएको छ । विद्युत नियमन आयोगबाट पुष २६ गते कम्पनीको लाभांश स्वीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४० प्रतिशत बोनस र २.१० प्रतिशत नगद कर प्रयोजनका लागि दिने प्रस्ताव आयोगले स्वीकृत गरेको हो ।
साथै, कम्पनीले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र साधारण सभा सम्पन्न गर्न असमर्थ रहेको जनाएको छ ।















