अपि पावरको लाभांश स्वीकृत, बोनस र नगद कति ?
काठमाडौं । विद्युत नियमन आयोगले अपि पावर लिमिटेडको लाभांश स्वीकृत गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापूँजीको ७.५प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरेमा पुष २६ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय स्वीकृत गरेको हो ।
अब कम्पनीको लाभांश आगामि वार्षिक साधारण सभाबाट पारित भए पछि शेयरधनीहरुलाई वितरण गरीनेछ ।














