७ श्रावण २०८३, बिहिबार

एक कम्पनीले पठायो सेयरधनीको खातामा लाभांश, तपाईकोमा आयो ? छैन् भने यसो गर्नुहोस् !



काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको हो ।

कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई पुष २४ गते देखि ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गर्न सुरु गरेको जनाएको छ ।

साथै, कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न भनेको छ ।


प्रतिक्रिया दिनुहोस्