दरम खोला हाइड्रो इनर्जीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठडमौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणलाई ३९ लाख ५० हजार कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ निष्कासन गर्न लागेको हो ।
आइपीओ निष्कासनका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जीका अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।
आइपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्न बाँकी रहेको छ । बोर्डको अनुमतिपछि मात्र आइपीओ जारी हुनेछ । दरम खोला हाइड्रोले बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नंं।११ मा ९।६ मेगावाट क्षमताकोे जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।













