तपाईको खातामा एक कम्पनीको ७.५ प्रतिशत लाभांश आयो, छैन भने यसो गर्नुहोस् !
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश पठाउन सुरु गरेको छ । कम्पनीको पुष २२ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित करसमेत ७.५ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो ।
कम्पनीले सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै उक्त लाभांश जम्मा गरेको छ । हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीहरूको हकमा भने बैंक खाता अद्यावधिक पश्चात मात्र नगद लाभांश जम्मा गरिनेछ ।
कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।













