७ श्रावण २०८३, बिहिबार

कस्तो छ साहस उर्जाको वित्तीय अवस्था ?



काठमाडौं । साहस उर्जाको नाफा १२ करोड ८२ लाख रुपैयाँले गिरावट आएको छ । कम्पनीले मंंगलबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।

विवरण अनुसार कम्पनीले सो अवधिमा २१ करोड ५९ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा ३७.२५ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड ४२ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको पुस मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट कुनै पनि आम्दानी नगरेको जनाएको छ । सो अवधिमा कम्पनीको सञ्चालन नाफा २१ करोड ५९ लाख ९५ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्ममा भने कम्पनीको यो आम्दानी ३४ करोड ४२ लाख ६७ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, कम्पनीको प्रशासनिक खर्च १७ लाख १६ हजार रुपैयाँ देखिएको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने २ अर्ब ३१ करोड ४४ लाख ४६ हजार रुपैयाँ राखेका छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ १८ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्