७ श्रावण २०८३, बिहिबार

छ्याङ्दी हाइड्रोपावर कम्पनीको नाफा बढ्यो, अधिकांश सूचकमा सुधार



काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीको नाफा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा कम्पनीले १ करोड ४२ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन, ६७.४७ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ८५ करोड १६ लाख रुपैयाँ नाफा गरेको थियो ।सो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी २८.९४ प्रतिशतले वृद्धि भई ५ करोड २६ लाख ७२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ८ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

सो अवधिमा कम्पनीको संचालन नाफा पनि १९.८४ प्रतिशतले बढेर ३ करोड ८५ लाख ७० हजार रुपैयाँ कायम भएको छ । कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा १ करोड १२ लाख ३३ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६५ पैसाले वृद्धि भई ७ रुपैयाँ ३७ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १०२ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्