नेसनल हाइड्रोपावरको साधारण सभा चैत ३ गते, सेयरधनीको हात भने रित्तो
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा चैत ३ गतेका लागि बोलाएको छ । सभा डेलिस ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्सकानका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गरेको हुदाँ फागुन १८ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।













