सुपरमाई हाइड्रोपावरको कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आवको ६ महिनामा कम्पनीले ५ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत वर्षको समिक्षा अवधिको तुलनामा भने ३३.१२ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ५० लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ९३ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ६.२७ प्रतिशतले कमी हो । यस वर्ष मौसम प्रतिकुल भई उत्पादनमा कमी आएकाले नै विद्युत बिक्री आम्दानी कम भएको कम्पनीले जनाएको छ ।
कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २५ पैसा रहेको छ ।













