अपि पावरको साधारण सभा आज, यस्ता छन् एजेण्डा
काठमाडौं । अपि पावरले कम्पनीको वार्षिक साधारण सभा आज (फागुन १४ गते) बस्दैंछ । सभा बानेश्वर ब्यांकेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले ७.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९५ नगद गरी कुल ७।८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित सभाको मुख्य एजेण्डा रहेको छ ।
साथै, सभाले बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा ४० प्रतिशत का दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
कम्पनीले फागुन ४ गते बुक क्लोज गरी सकेको छ ।













