अब नेपालमा अमेरिकाबाट डलर पठाउँदा कर, कति तिर्नुपर्ने ? « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

अब नेपालमा अमेरिकाबाट डलर पठाउँदा कर, कति तिर्नुपर्ने ?



काठमाडौं । अमेरिकी संसदको एक समितिबाट ‘द वान ब्युटीफुल बील’ नामक नयाँ करसम्बन्धी विधेयक पारित भएको छ ।

विधेयक अनुसार अब अमेरिकाबाट विदेश पठाइने प्रत्येक डलरमा ५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । १ हजार डलर पठाउँदा ५० डलर अमेरिकी सरकारले कर स्वरूप राख्नेछ ।

यो प्रावधान कानुन बेर लागू भएपछि रेमिट्यान्स निर्भर देशहरु नेपाल, भारत लगायतका मुलुकमा गम्भीर असर पार्नेछ । सन् २०२३ मा मात्र अमेरिकाबाट नेपालमा १ अर्ब २८ करोड डलर रेमिट्यान्स आएको थियो । भारतले त १ खर्ब १८ अर्ब डलरभन्दा बढी रेमिट्यान्स पाएको थियो, जसको २८ प्रतिशत अमेरिकाबाट आएको हो ।

नयाँ विधेयक अनुसार अमेरिकाबाट विदेश पैसा पठाउँदा करबाट केवल अमेरिकी नागरिक मात्र छुट पाइनेछन् । ग्रीनकार्डधारी, वर्क परमिटधारी वा ज्१द्य भिसामा रहेका व्यक्तिहरूले भने यो ५ प्रतिशत अन्तःशुल्क तिर्नै पर्नेछ ।

तर, अमेरिकी नागरिक भएको खण्डमा भने यो करबाट छुट पाउनुहुनेछ । तर, ग्रीनकार्ड, वर्क परमिट, वा ज्१द्य भिसामा हुनुहुन्छ भने कर लाग्नेछ ।-हिमालयखबरबाट


प्रतिक्रिया दिनुहोस्