धादिङको नवजात शिशुको मृत्युपछि कीर्तिपुर अस्पताल तोडफोड
काठमाडौं । कीर्तिपुर मोडल अस्पतालमा तोडफोड भएको छ । धादिङकी सबिना सुवेदी थापाको नवजात शिशुको ज्यान गएपछि आफन्तले आक्रोशित भई अस्पताल तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ
तोडफोडमा संलग्न १७ जना पक्राउ परेका छन । अस्पताल प्रशासनले शिशुको पहिला नै ज्यान गएको भनी परिवारलाई जानकारी गराइएको बताएका छन ।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा रहेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी प्रमेश विष्टले बताए ।












