८ श्रावण २०८३, शुक्रबार

सुनको मुल्य तोलामा एकसय र चाँदी ३० रुपैयाँले बढ्यो



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको भाउ तोलामा १०० रुपैयाँले महङ्गिएको छ । त्यस्तै मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य एकैदिन ३० रुपैयाँले बढेको छ ।

बुधबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९२ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै बुधबार चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ पुगेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र तेजावी सुन ९२ हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्