बुटवल पावरले १२.५ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ?
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषण गरेको छ ।
कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत बोनस र ७.५ प्रतिशतले नगद (कर प्रयोजन) लागि गरी कुल १२.५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियम आयोगबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पछि मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।














