७ श्रावण २०८३, बिहिबार

मन्दाकिनी हाइड्रोपावरको साधारण सभा पुष ३० गते, यस्ता छन् एजेण्डा



काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ९औं वार्षिक साधारण सभा पुष ३० गतेका लागि बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट, बत्तीसपुतलीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गुर्नका साथै चालु आर्थिक वर्ष २०७९।०८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुष २१ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ पुष २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
.


प्रतिक्रिया दिनुहोस्