७ श्रावण २०८३, बिहिबार

सिनर्जी पावरको साधारण सभा पुष ३० गते, के के छन् एजेण्डा



काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले १६औं वार्षिक साधारण सभा पुष ३० गतेका लागि बोलाएको छ । सभा टाइम स्क्वायर लज बालुवाटार काठमाडौंमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरिक्षको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुष २० गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्