७ श्रावण २०८३, बिहिबार

माण्डु हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न, बोर्डमा दियो आवेदन



काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न भएको छ । कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओमा निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले पुष ११ गते अंकित मूल्य १ सय रुपैयाँमा प्रिमियम मूल्य १४८ रुपैयाँ थप गरी प्रतिकित्ता २४८ रुपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ ।

निष्कासन अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थानीय बासिन्दाको लागि निष्कासन गर्नेछ । साथै दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्