७ श्रावण २०८३, बिहिबार

लाभांश पारितका लागि अरुण भ्याली हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारण सभा माघ २७ गतेका लागि बोलाएको छ । कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकलेसभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभामा आर्थिक वर्ष २०७८।७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्नुका साथै आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने भएको हुदाँ माघ १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्